शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली लम्की स्कीन बिरुद्ध खोप अभियान सुरु

शुक्रवार , श्रावण २६, २०८०

सिन्धुली– जिल्लाका स्थानीय तहहरुले बिहिबारबाट लम्पी स्कीन बिरुद्धको भ्याक्सिन प्रदान गर्न सप्ताह ब्यापी अभियान सुरु गरेका छन । बागमती प्रदेशमा कृषि तथा पशुपन्छि विकास मन्त्रालय र स्थानीय तहहरुको समन्वयमा लम्पी स्किन नियन्त्रण तथा रोकथामको लागि सप्ताह ब्यापी भ्याक्सिन अभियान शुरू गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीका सूचना अधिकारी नबराज थापाले जानकारी दिनुभयो ।

मन्त्रालयबाट सिन्धुली र रामेछापका लागी कुल २५ सय भ्याक्सिन उपलब्ध भएको र उक्त भ्याक्सिन नगरपालिकालाई ३ सय ५० र गाउँपालिकालाई २ सय २५ का दरले बितरण गरिएको थापाले जानकारी दिनुभयो ।

महामारीको रुपमा फैलिएको लम्पी स्किनले पशुहरु मर्न थालेपछि किसानको समस्यालाई मध्यनजर गर्दै पशु प्राबिधिकहरु जुटाएर गोठ मै पुगेर प्रत्येक गाई गोरुलाई निशुल्क भ्याक्सिन लगाउन लागिएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो ।

बिहिबारबाट सबै स्थानीय तहले सप्ताह ब्यापी अभियानको रुपमा प्रभावित क्षेत्रका पशु चौपायाहरुलाई भ्याक्सिन लगाउन सुरु गरिएको र बिहिबार सिन्धुलीमा ३ सय ५३ पशुमा भ्याक्सिन लगाइएको भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र सिन्धुलीले जनाएको छ ।

गाई भैसीमा फैलिएको लम्की स्कीन रोगका कारण सिन्धुलीका किसानको ६ सय ८६ भन्दा माथि पशु चौपायाहरुको मृत्यू भैसकेको छ । सिन्धुलीमा कृषकहरुले १ लाख ३८ हजार ३ सय ४४ गाई र ६८ हजार ७ सय २८ भैसी पालेको पशु विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ भने उक्त गाई भैसीबाट दैनीक ३८ हजार ७ सय २८ मेट्रिक टन दुध उत्पादन हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया