शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पनि मनाईयो सामुदायीक बन राष्ट्रिय दिबस

शुक्रवार , श्रावण २६, २०८०

सिन्धुली – बिहिबार सामुदायिक वन राष्ट्रिय दिवस–२०८० मनाईएको छ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । सामुदायीक बन दिवसको अवसरमा डिभिजन बन कार्यालय सिन्धुली र मरिणले सामुदायीक बनको महत्व र उपयोगको बारेमा अन्तरक्रिया तथा बृक्षारोपण गरेका छन ।

विबिध कार्यक्रमका साथ सामुदायीक बन राष्ट्रिय दिवस मनाईरहदा जिल्लामा सामुदायीक बनको अवस्था भने दयनिय अवस्थामा रहेको छ । बन क्षेत्रको अतिक्रमण, फडानी र चोरी निकासीको क्रम रोकिन सकेको छैन । सामुदायीक बन उपभोक्ता समितिहरुले प्रभावकारी रुपमा बनको उपयोग र संरक्षण गर्न सकिरहेका छैनन् । बर्षेनी बन डढेलोका कारण हजारौं हेक्टर बन बिनास भईरहेको छ ।

सामुदायीक बन काठ काट्नकै लागी दर्ता गर्ने र ठेकेदारसँग सामुदायीक बनको सम्पूर्ण कागजातहरु हुने प्रचलन अहिले पनि जारी नै छ । उपभोक्ताहरुले सहि ढंगले बनको उपयोग गर्न नसकेको सामुदायीक बन उपभोक्ता महासंघकै पदाधिकारीहरु स्वीकार गर्छन ।

जिल्लामा कुल ५ सय २५ सामुदायीक बन उपभोक्ता समुहहरु दर्ता रहेका छन भने सामुदायीक बन उपभोक्ता महासंघ समेत क्रियाशिल रहेको छ । सामुदायीक वन समुहहरुले आफ्नो कुल वजेटको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिवी निवारण र ४० प्रतिशत सामुदायीक विकासका काममा खर्च गर्नुपर्ने प्रावधान भएपनि बिधान तथा कार्ययोजनामा भएको उक्त निती कार्यान्वयन हुन सकेको अवस्था छैन ।

जिल्लामा बन क्षेत्रको अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । हजारौं हेक्टर बनक्षेत्र अतिक्रमण गरि बस्ती बिकास भएका छन ।

जिल्लामा बनको कुल क्षेत्रफल १ लाख ६० हजार १ सय ९१ हेक्टर रहेपनि पछिल्लो समय बन फडानी गर्ने क्रम वढ्दै गएपछि बनको क्षेत्रफल क्रमश घट्दै गएको छ । सिन्धुलीका विभिन्न् स्थानीय तहहरुमा ८ हजार ४ सय १० हेक्टर जंगल फडानी गरेर बस्ती बसेको साथै बिकास निर्माण लगायतका आयोजनाहरुका कारण २० हजार भन्दा वढी हेक्टर बन क्षेत्र विनास भएको डिभिजन बन कार्यालय सिन्धुलीले जनाएको छ ।

डिभिजन बन कार्यालय सिन्धुलीको तथ्यांक अनुसार डिभिजन बन कार्यालय सिन्धुलीको कार्यक्षेत्र भित्रका कमलामाई, दुधौली नगरपालिका, तिनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा कुल १३ हजार ४ सय ११ घरधुरी बन क्षेत्र अतिक्रमण गरि बसोबास गरिरहेका छन ।

त्यस्तै डिभिजन बन कार्यालय मरिणको तथ्यांक अनुसार सुनकोशी, मरिण, हरिहरपुरगढी र घ्याङलेख गाउँपालिकामा कुल १३८१.४ हेक्टर बन क्षेत्र अतिक्रमण गरि १ हजार ६ सय १८ घरधुरी बनक्षेत्रमा बसोबास गरिरहेका छन । जिल्ला भरि विभिन्न् स्थानीय तहका बन क्षेत्र अतिक्रिमण गरि १५ हजार २९ घर परिवार बन क्षेत्रमा बसोबास गरिरहेको डिभिजन बन कार्यालयको तथ्यांक रहेको छ ।

अधिकांश अतिक्रमित क्षेत्रमा जंगल फडानी गरेर ठूला–ठूला बस्ती बसालिएकाले राज्यलाई खाली गर्न समेत समस्या उपत्नन् भएको छ । अतिक्रमित क्षेत्रमा बिजुली, पानी, टेलिफोनजस्ता सार्वनिक सुविधा पुगेका छन । सडक र विद्यालय जस्ता भौतिक पूर्वाधार निर्माण भएका छन । सार्वजनिक सुविधा र भौतिक पूर्वाधार निर्माण भइसकेको र सरकारको बनसंरक्षण गर्ने गतिलो निति र राजनैतिक दलहरुको प्रतिबद्धता नहुदा वन अतिक्रमणको समस्यालाई निराकरण गर्न नसकिएको डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ अतिक्रमण भएको छैन, पुरानो अतिक्रमण हटाउन सक्ने अवस्था छैन ।”

जिल्लामा अस्थायी र स्थायी दुवै प्रयोगका लागि वन अतिक्रमण भएको छ । बढ्दो जनसंख्या, सडक लगायत भौतिक पुर्वाधारहरुको विकास र सहरीकरण सँगै वनक्षेत्र अतिक्रमण हुने क्रम पनि बढेको हो ।

राजनैतिक पहुँचका आधारमा वन अतिक्रमण भएकाले जिल्लाको अतिक्रमित वन क्षेत्र खाली गराउन सरकारले बलियो नीति बनाउनुपर्ने र राजनैतिक दलहरुले बनक्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गर्नुपर्ने देखिन्छ ।

नेपालको कुल भू–भागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । नेपालमा अहिले २२ हजार ५ सयभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले झण्डै २३ लाख ६० हजार राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोग गरिरहेका छन् ।

वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्तालाई नै दिनुपर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सामुदायिक वन कार्यक्रमको सुरुवात भएको हो । तर सामुदायीक बन उपभोक्ता समुहहरुले बनक्षेत्रलाई सहि सदुपयोग गर्न नसक्दा बनक्षेत्र दिनानु दिन बिनासको बाटो तर्फ गईरहेको छ ।

प्रतिक्रिया