बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जथाभावी उत्खनन रोक

बिहिवार , आषाढ २८, २०८०

सिन्धुलीको दुधौली नगरपालिका १४ स्थित ककुरठाकुुरमा झण्डै तीन दशक बढि समयदेखि मारुती सिमेन्टले चुनढुुंगा उत्खनन गरिरहेको छ । उक्त कम्पनीले सम्झौता भन्दा बढि क्षेत्रफलबाट चुनढुंगा उत्खनन गरिरहेको स्थानियले बताउँदै आएका छन् । जथाभावि चुनढुंगा उत्खनन गर्ने क्रम नरोकिएपछि खानी आसपासका दर्जनौँ परिवार विस्थापित भएका छन् । नियमनकारी र सरोकारवाला निकाय मौन बस्दा जिल्लाको प्राकृतिक श्रोत दोहन भइरहेको छ । दैनिक सयौँ एक्साभेटर र डोजरले वन क्षेत्र खन्दा खानी आसपासको क्षेत्र जोखिममा परेको छ । प्रदेश र केन्द्र मातहतका संयन्त्रले खानी क्षेत्रको अनुुगमन गर्नुपर्ने व्यवस्था भएपनि उक्त क्षेत्रमा राज्यको संयन्त्र बिरलै पुुग्ने गरेको छ । यतिमात्र नभएर, यस क्षेत्रबाट निर्वाचित सांसदले समेत चूइक्क आवाज नउठाउँदा विस्थापित स्थानिय बेसाहारा बनेका छन् । तसर्थ, जिल्लाको प्राकृति श्रोत दैनिक दोहन भइरहेको अवस्थामा यहाँका जनप्रतिनिधि, नागरिक समाज, प्रशासन लगायत सम्बन्धित निकायले आवाज उठाउन जरुरी छ ।

चुनढुंगा उत्खनन गरेवापत विभिन्न शिर्षकमा स्थानिय सरकारलाई बुुझाउनुुपर्ने शुल्क समेत उक्त कम्पनिले नबुुझाएको तथ्य सार्वजनिक भइरहेको छ । निजि कम्पनिले जिल्लाको प्राकृति श्रोतलाई आफूखुशी प्रयोग गरिरहदा समेत यहाँका सरोकारवाला निकाय मौन बस्नु लाचारिपनको हद हो । त्यसैले, जिल्लाका सरोकारवाला निकायले राज्यको संयन्त्रलाई खानी क्षेत्रको अनुुगमन र निगरानि बढाउन निरन्तर झक्झकाइरहन जरुरी छ । ‘काले काले मिलेर खाउँ भाले’ उक्ति जस्तै प्राकृतिक श्रोतको दोहन हुँदा समेत मौन बस्नु भनेको देशमाथिको घात हो । अतः जथाभावि उत्खनन रोक्न जिम्मेवार निकायले आवश्यक कदम चाल्न गम्भिर हुनुपर्ने देखिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया