बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

वित्तिय साक्षरतामा लगानी बढाऔँ

बिहिवार , आषाढ २१, २०८०

सिन्धुलीमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ श्रेणिको इजाजत प्राप्त लघुवित्त संस्थाले ठगेको भन्दै सदस्यहरुले विरोध गरेका छन् । उनीहरुले जिल्ला प्रशासनमा कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाउने देखि र्‍यालि प्रर्दशन गर्दै आएका छन् । ऋण नबुझाएको भन्दै लघुवित्त संस्थाका कर्मचारीले घरको सरसामाननै उठाइदिएको ऋणीहरुले गुनासो गरेका छन् । यता, लघुवित्त संस्थाले सदस्यहरुलाई ऋण प्रवाह गरेपछि पैसा उठाउनै सकश भएको भन्दै प्रतिवाद गरेको अवस्था छ । मुख्यतः वित्तिय संस्थामा पहुँच नभएको र बैंकिङ सेवासँग नजिक नरहेको समुदायमा लघुवित्त संस्थाले कार्यक्षेत्र बनाएको छ ।

लघुवित्त संस्थाले लगानी गर्ने मापदण्ड राष्ट्र बैंकले तोकेपनि नियम र निर्देशन पालनमा ती संस्था चुकेका छन् । एउटै सदस्य अन्य संस्थामा समेत आबद्ध हुँदा पनि लघुवित्त संस्थाले ऋण प्रवाह गरिरहेको छ । यता, ऋणीहरुलेपनि पाएसम्म सबै संस्थाबाट ऋण लिदैँ आएका छन् । अनुत्पादक क्षेत्रमा लगानी लगाउँदा ऋणीले पैसा तिर्न नसकेको स्पष्ट छ । त्यसैगरि, केहि संस्थाले चर्को ब्याज लिने गरेको समेत गुनासो छ । समग्रमा, वित्तिय साक्षरता नहुँदा लघुवित्त संस्थादेखि सदस्यहरु पिडित बनेका छन् ।

त्यसैले, नियमनकारी निकायले इजाजत दिएका लघुवित्तको अवस्था र उनीहरुले कस्ता ऋणीलाई ऋण प्रवाह गरिरहेका छन् भन्ने निगरानि बढाउन जरुरी छ । त्यस्तै, स्थानिय तहले वित्तिय र व्यवसायीक साक्षरतालाई प्राथमिकतामा राखि व्यापक जनचेतना फैलाउन आवश्यक छ । अतः ऋणको सदुपयोग, ऋण प्रवाहको विधि र गैरकानुनि ऋण लगानीप्रति नियमनकारी निकाय गम्भिर हुनै पर्दछ ।

प्रतिक्रिया