बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

घर जलाएर खरानी नबेच

शनिवार , आषाढ १६, २०८०

सिन्धुलीको सदरमुकाममा रहेको सिन्धुली अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनिले ढिलै भएपनि सुविधासम्पन्न हस्पिटलको भवन निर्माणलाई अन्तिम रुप दिन काम गरिरहेको छ । तर, जिल्लाका सरोकारवाला निकायको मौनता र व्यवसायीसँगको साँठगाँठका कारण गुरुयोजना अनुसार ठेकेदार कम्पनीले हस्पिटल निर्माण गर्न सकिरहेको छैन ।

सिन्धुली अस्पतालको क्षेत्रमा निर्माण गरिएको संरचना हटाउन अस्पताल व्यवस्थापन समिति र केन्द्रदेखि प्रदेशका जनप्रतिनिधि मौन बस्दा गुरुयोजना अनुसारको संरचना निर्माण नहुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीसँग समन्वयगरी सिन्धुली अस्पतालको जग्गामा निर्माण गरेको सटर भत्काउन राज्यको कुनै पनि संयन्त्र गम्भिर देखिएका छैनन् । सिन्धुली अस्पतालको गुरुयोजनामा प्रवेशद्वार र बाहिर निस्कने द्वारकालागि आठ/आठ मिटरको बाटोको व्यवस्था गरिएपनि त्यहाँ रहेका संरचनाका कारण ठेकेदार कम्पनीलाई बाधा पुगिरहेको छ ।

व्यवसायीले भाडा लगाएर आम्दानी गरिरहेको संरचना भत्काउन राज्यको संयन्त्रको हात कामिरहेको अवस्था छ । संरचना भत्काउन र अस्पताल निर्माणलाई पुर्णता दिन सरोकारवाला निकाय मौन बस्दा आर्थिक चलखेलको शंका बढेको छ । जिल्लाका सरोकारवाला निकायले व्यवसायीले उठाउने भाडा शुल्कमा र्‍याल चुहाएर गुरुयोजना अनुसारको अस्पताल संरचना बनाउन नदिनु भनेको घर जलाएर खरानि बेचेँ सरह हो । सर्थ, जिल्लाको नागरिक समाज, स्थानिय तह, पत्रकार लगायत सरोकारवाला निकायले सिन्धुली अस्पतालको क्षेत्रफलमा निर्माण गरिएको संरचना हटाउनतर्फ आवाज उठाउनुपर्ने बेला आएको छ । अतः सिन्धुली अस्पतालको संरचना निर्माणमा कुनैपनि अवरोध सिर्जना नगरि ठेकेदार कम्पनिलाई उचित वातावरण सिर्जना गर्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया