सिन्धुली लगायत देशभर मनसुन सक्रिय भएको केहि दिनमै बाढीपहिरोले दर्जनौँ मानविय तथा भौतिक क्षति पु¥याइसकेको छ । नेपाल सरकारले प्रस्तुत गरेको एक प्रतिवेदन अनुसार सिन्धुली बाढी र पहिरो दुवैबाट जोखिममा छ । नौँवटा स्थानिय तह रहेको सिन्धुलीमा केहि त्यस्ता बस्तीहरु पनि छन् जुन बाढी र पहिरोको उच्च जोखिममा छ । दिगो विकासको अवधारणालाई ख्याल नगरि निर्माण गरिएको पुर्वाधारले पहिरोको जोखिम बढाएको छ ।
वर्षात हुनासाथै पहिरोको जोखिम रहेको क्षेत्रमा स्थानिय जागराम हुनुपर्ने अवस्था छ । तसर्थ, जोखिमयुक्त बस्तीको स्थानन्तरण गर्न सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन आवश्यक छ । आगामी दिनमा कुनैपनि मानविय क्षति हुन नदिन जिम्मेवार निकायले पुर्वतयारी गर्दै सावधानि अपनाउन ढिलाई गर्नुहुदैँन ।