सिन्धुलीमा प्रचलित कानुन विपरित ठेक्का सम्झौता भइरहेको छ । केन्द्र, प्रदेश र स्थानिय तह मातहतका कार्यालयले आफूखुशि ठेक्का सम्झौता गरेको प्रमाण फेला परेको छ । मुख्यतः कर्मचारीले ठेकेदारसँगको मिलेमत्तोमा ठेक्का सुम्पिने गरेका हुन् । ठेक्काको सूचना लुकाउने, मापदण्डविपरित ठेक्का सुम्पिने लगायत ठेक्काको प्रक्रियानै अघि नबढाई ठेक्का सम्झौता हुने गरेको छ । कानुनि प्रक्रिया पुराएर आर्थिक अनियमितता तथा कानुनको खिल्ली उडाउन उच्च कर्मचारीनै संलग्न रहेका छन् । तसर्थ, जिल्लामा संचालित सम्पूर्ण खरिद प्रक्रियाको लेखाजोखा राख्न सरोकारावाला निकाय सचेत हुन जरुरी छ ।
जिल्लाका स्थानिय तहमापनि सार्वजनिक खरिद ऐन विपरितका कार्य भइरहेका छन् । नौँवटा स्थानिय तह रहेको सिन्धुलीमा नगरपालिकाभित्र आर्थिक अनियमितता बढ्दो रहेको छ । लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत मिलेर कमिशनको खेलमा लिप्त भएका थुप्रै घट्नाहरु छन् । नगरको सूचना प्रकाशनमै लेखा अधिकृतले व्यापक भ्रष्ट्राचार गरेको तथ्य बाहिरिएको छ । देखाउनकालागि कानुनी प्रक्रिया पुरा गर्ने तर स्वच्छ प्रतिस्पर्धा नगर्ने क्रम बढ्दो छ । तसर्थ, जनप्रतिनिधि लगायत सरोकारवाला निकायले कर्मचारीको कामकारवाहीको अनुगमन र नियमन गर्न जरुरी छ । अतः जिल्लामा बढ्दो आर्थिक अनियमितता रोक्न शिक्षित वर्ग, नागरिक समाज लगायत सरोकारवाला निकायले निगरानि बढाउन आवश्यक छ ।