बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विपद् व्यवस्थापनको पुर्वातयारी गर

आइतवार , जेठ २१, २०८०

सिन्धुलीमा अत्याधिक गर्मिका कारण सर्पको बिगबिगि छ । केहि दिन अघिमात्रै दुधौली नगरपालिकामा दुई दाजुभाईको सर्पको टोकाईबाट मृत्यु भयो । उपचारकालागि उनीहरुलाई सिर्थौली अस्पताल पु¥याएपनि औषधि नभएका कारण उपचार नभएको आफन्तले बताएका छन् । त्यस्तै, सिन्धुली अस्पतालमा भेन्टिलेसन र आइसियु कक्ष नहुँदा गर्भवति महिलाले ज्यान त्याग्नुपरेको थियो । भेन्टिलेसन र आईसियू नहुँदा समयमै उपचार नपाएर वर्षेनि सिन्धुलीमा मानविय क्षति हुने गरेको छ । तर, यहाँका सरोकारवाला निकायले आवश्यक पुर्वाधारको निर्माण र जडानमा चासो नदेखाएको स्पपष्ट बुझ्न सकिन्छ । घट्ना हुनअघिनै सावधानि नअपनाईएको कारण मानविय क्षति हुदैँ आएको छ ।

त्यसैगरि, सिन्धुलीमा वर्षेनि आगलागीबाट करोडौँको भौतिक क्षति तथा कयौँको ज्यान जाने गरेकोछ  । वनमा लागेको आगो नियन्त्रणमा आउन नसक्दा वर्षेनि स्थानियले पिडा भोग्नुपरेको छ । हरेक सुख्खायाममा आगलागीको समस्याले जिल्लावासिलाई पिरोलेपनि समाधानकालागि स्थानिय सरकार लगायत सरोकावारवाला निकाय गम्भिर नभएको देखिन्छ । त्यस्तै, वर्खायाम शुरु भएपछि बाढि र पहिरोले स्थानियको निद हराम गर्ने गरेको छ । बाढी र पहिरोकालागि सिन्धुली जिल्ला नेपालकै उच्च जोखिम क्षेत्रमा पर्दछ । तर, यहाँका जिम्मेवार निकायले बाढी र पहिरोबाट सिर्जित विपद् व्यवस्थापनमा मौनता देखाएका छन् ।

तसर्थ, विपद् व्यवस्थापनमा सिन्धुलीका स्थानिय तह र राज्य संयन्त्र कमजोर देखिएका आवश्यक पुर्वतयारीकालागि श्रोतसाधन जुटाउने देखि समस्यासँग जुध्न आवश्यक पुर्वतयारीकालागि सचेत हुन आवश्यक छ । अतः विपद् व्यवस्थापनकालागि वर्षेनि करोडौँ रकम विनियोजन भएपनि पिडितलाई राहत दिनेबाहेक अन्य काम हुन नसक्नु दुर्भाग्य हो । त्यसैले, जिल्लाका सरोकारवाला निकाय पुर्वतयारीमा जुट्न जरुरी छ ।

प्रतिक्रिया