शुक्रबार मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट स्कारपियो सुनकोशीमा खस्यो । स्कारपियोसहित तीनजना यात्रु बेपत्ता छन् । मध्यपहाडी लोकमार्गमा दैनिक साना तथा ठूला दुर्घटना हुने गरेको छ । लोकमार्ग अन्तर्गत विभिन्न सडकखण्डमा ओछ्याईएको चिप्सले दुर्घटना निम्ताएको सवारीचालक तथा यात्रुले गुनासो गरेका छन् । केहि महिनाअघि मात्रै फिक्कल गाउँपालिकाको उपाध्यक्ष सवार गाडी सामान्य दुर्घटनामा परेको थियो । उक्त गाडी ठूलो दुर्घटनाबाट बच्न सफल भएको थियो । सो समयमापनि मध्यपहाडी लोकमार्गको सडक अवस्था र प्राविधिक पक्षका बारेमा चर्को आवाज उठेको थियो ।
तर, समय बित्दै जाँदा सडकको अवस्थाका बारेमा आवाज उठन सेकन । उक्त लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिकाको सडकखण्ड जोखिमपुर्ण रहेको छ । सडकको अवस्थाकै कारण दुर्घटना बढिरहेको स्थानियले समेत गुनासो गरेका छन् । लोकमार्गमा प्रयोग गरिएको सामाग्रीले दुर्घटना निम्त्याइरहेको छ । तसर्थ, उक्त लोकमार्ग अन्तर्गतका सडकखण्डलाई सुरक्षित बनाउनतर्फ जिम्मेवार निकयाले ठेकेदार कम्पनिलाई सचेत गराउन आवश्यक छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले शुक्रबारको दुर्घटनाको कारण ब्रेक फेल बताएको छ । आगामी दिनमा दुर्घटनााको स्पष्ट कारण आउनेनै छ । तर, लोकमार्गको सुरक्षामा उठेका प्रश्नहरुका बारेमा जिम्मेवार निकायले पन्छिन मिल्दैन । लोकमार्गमा प्रयोग गरिएको चिप्सलाई व्यवस्थित तरिकाले ओछ्याउन ठेकेदार कम्पनिलाई सचेत गराइनुपर्छ । साथै, अन्य प्राविधिक पक्षलाई पनि सुक्ष्म तरिकाले अध्ययन गरि सडकलाई सुरक्षित बनाउनतर्फ जिम्मेवार निकाय सचेत हुनैपर्छ । अतः सिन्धुलीमा दुर्घटना बढ्ने क्रम नरोकिएको हुँदा स्वयं नागरिक देखि राज्यको संयन्त्र गम्भिर भएर दुर्घटना न्युनिकरणकालागि आवश्यक कदम चाल्न कञ्जुस्याईँ गर्नुहुदैँन ।