शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

महोत्तरीमा बैंकबाट ३५ लाखभन्दा बढी रकम लुटियो

मंगलवार , जेठ १६, २०८०

महोत्तरी– महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाखभन्दा बढी रकम लुटिएको छ। मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको शाखाबाट लुटपाट भएको हो।

हतियारधारीको समूहले रकम लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।  एसपी मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर फरार भएका हुन्। फरार भएकाहरुको खोजी भइरहेको उनले बताए।

 

प्रतिक्रिया