सिन्धुली– जिल्लाको घ्याङलेख गाउँपालिका–१ मा बिहिबार राती आगलागी हुँदा लाखौंको पशुचौपाया जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घ्याङलेख गाउँपालिका–१ पटमासका मान बहादुर लोको गोठमा आगलागी हुँदा १० ओटा बाख्रा, ५ वटा खसी र ५ वटा पाठापाठी जलेर अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।