सिन्धुली– मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यू भएको छ ।
शुक्रबार दिउँसो मकवानपुरबाट सिन्धुली तर्फ आउँदै गरेको ३८६७ नम्बरको मोटरसाईकल र सिन्धुलीबाट महेन्द्रझ्याडी तर्फ जादै गरेको प्र २–०३–०१३प ३४४६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा ३८६७ नम्बरको मोटरसाईकलका चालक हेटौडा उपमहानगरपालिका–६ चौघडा घर भएका २१ बर्षिय प्रनिश चौलागाईको उपचारको क्रममा प्राथामिक स्वाथ्य केन्द्र मरिण कपिलाकोटमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा घाईते भएकाहरु मध्ये हरिहरपुरगढी गाउँपालिका–५ का अनिल राईको अवस्था सामान्य रहेको र अर्का मोटरसाईकल चालक सर्लाही बरथवा नगरपालिका–३ का रोहिण कुमार राईको सिन्धुली जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।