सिन्धुली – सिन्धुलीमा विपद् व्यबस्थापन तथा विपद् पोर्टलको स्थानीयकरण तालिम संचालन भईरहेको छ । विपद् जोखिमको बस्तु स्थितिको अध्याबधिक गर्न बिपद प्रतिकार्यको आपतकालिन योजनाको तर्जुमा कार्यान्वयन गर्नू तालिम संंचालन गरिएको हो । साथै विपद् प्रतिकार्य नेतृत्वदायी भुमिका निर्वाह गर्दै राहात वितरणको कार्य संचालन तथा सम्वन्वय गर्ने तालिमको मुख्य उदेश्य रहेको छ ।
स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र संचालनका लागि विपद् पोर्टलको स्थानीयकरण र जिल्ला प्रदेश तथा राष्ट्रिय आपतकालिन कार्य संचालनमा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र समायोजन गर्ने उदेश्यले अनुसार तालिम संचालन गरिएको जनाएको छ ।
दुई दिनसम्म संचालन हुने तालिमको उदघाटन गर्नु हुँदै सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले विपद्को तथ्यांक सुचना आवाश्यक सुचना आधिकारीक र विश्वलेषण गर्न सक्नु पर्ने बताउनुभयो । साथै उहाँले विपद् व्यबस्थापनको बारेमा पुर्वअनुमान गर्न सकियो भने विपद्बाट आउन सक्ने घटना तथा क्षतिलाई न्युनिकरण गर्न सकिने बताउनु भएको छ । तालिमले अब आउने विपद् समस्याका लागि केही सहज हुनसक्ने उहाँको भनाई थियो । तालिममा पालिकाका आईटि र फोकल पर्सन गरि २८ जनाको सहभागिता रहेको छ ।
तालिमको सहजीकरण मित्रदेव लम्सालले गरीरहनुभएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजना राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यबस्थापन प्राधिकरणको सहयोग प्राविधिक सहयोग र प्लान इन्टरनेश्नल नेपालको व्यवस्थापन तथा आर्थिक सहयोगमा तालिम संचालन भएको हो ।