बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

समानुपातिकतर्फ कुन दलले कति मत पाए ?,(पछिल्लो अपडेट)

बिहिवार , मंसिर ८, २०७९

काठमाडौँ – समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ४ लाख ७० हजार ३५२ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली काँग्रेसले ४ लाख ३३ हजार ५२८ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म दुई लाख ४२ हजार ८५० मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले दुई लाख २ हजार ५५ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म एक लाख २७ हजार ४५६ मत प्राप्त गरेको छ भने जसपाले ५८ हजार ४६८ मत प्राप्त गरेको छ ।

्त्यस्तै नेपाल मजदुर किसान पार्टीले ४४ हजार ९४०,नागरिक उन्मुक्ति पार्टीले ३२ हजार २६४, जनमत पार्टीले ३० हजार ४९, नेकपा एकीकृत समाजवादी पार्टीले २९ हजार १७८, अन्यले १ लाख २ हजार ३२२ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

प्रतिक्रिया