सिन्धुली - कमलामाई नगरपालिकाले कृषकलाई हिउँदे घाँसको विउँ वितरण गर्ने भएको छ । नगरपालिकाको पशु विकास शाखाको आर्थिक बर्ष २०७९/८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिउँदे घाँसको विउँ वितरण गर्न लागिएको नगरपालिकाले आईतबार एक सुचना निकालेर जानकारी दिएको हो । नगरपालिकाको १४ वटा वडाकै कृषकलाई जै र वर्षिक जातका घाँसको विउँ बितरण गरिने नगरपालिकाद्धारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले प्रकाशन गरेको सुचना अनुसार वडा नम्बर १,२,३,४,५,६,७,८,११ र १२ का कृषकलाई भोलि मंगलबारबाट नगरपालिकाको पशु विकाश शाखाबाट वितरण गरिने छ भने वडा नम्बर ९,१०,१३ र १४ का कृषकलाई भने वडा कार्यालयबाटै वितरण गरिने छ ।