काठमाडौं, २२ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २२ गते मंंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ५८ पैसा र विक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ ७४ पैसा र विक्रीदर १५० रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र विक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५२ पैसा र विक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र विक्रीदर ९७ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ १० पैसा र विक्रीदर ९३ रुपैयाँ ५३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र विक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८० पैसा र विक्रीदर ३४ रुपैयाँ ९६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र विक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ५९ पैसा र विक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३८ पैसा र विक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०७ पैसा र विक्रीदर १२ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५५ पैसा र विक्रीदर १७ रुपैयाँ ६३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६६ पैसा र विक्रीदर १६ रुपैयाँ ७४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२२ रुपैयाँ ४६ पैसा र विक्रीदर ४२४ रुपैयाँ ४० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४८ रुपैयाँ ४७ पैसा रहेको छ ।
