नेपालीमा एउटा उखान निकै चर्चित छ, ‘काम गर्ने कालु, मकै खाने भालु ।’ अहिले सिन्धुलीमा त्यस्तै विषयले निकै चर्चा पाउन थालेको छ । माओवादीको संगठन बलियो बनाएर सिन्धुलीलाई कम्युनिष्टको उर्वर भूमि बनाएका एमाओवादी उपमहासचिव हरिवोल गजुरेललाई पाखा लगाएर पार्टी कमिटी कब्जामा लिदैँ उमेदवार बनेका पोलिटव्युरो सदस्य लेखनाथ दाहाल ‘राजन’ ले उक्त उखानलाई सिन्धुलीमा चरितार्थ गराईरहेका छन् ।
सिन्धुलीमा भएको एक साक्षात्कार कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट प्रनिधिसभा सदस्य उमेदवार बनेका उनले गर्वसाथ सिद्धेश्वर खानेपानी कार्यालयमा आफुले २३ करोड रुपैँया उपलव्ध गराएको र अहिले नगरभित्र खानेपानी समस्या हल भएको घोषणा गरे । उक्त कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सिद्धेश्वर खानेपानी कार्यालयलाई उपलव्ध गराएको भनिएको २३ करोड रुपैयाँ कार्यालयमा अहिलेसम्म जम्मा भएको छैन । धमलाको कार्यक्रममा निकै जोडतोडले उठाएको २३ करोड मात्र होइन, २३ रुपैयाँ पनि उनले कहिंकतैबाट उपलव्ध नगराएको खानेपानी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले कोरामा बसेका बेलानै टिप्प्णी गरेका थिए । ती माओवादी उमेदवारले खानेपानीका लागि भनेर उपलव्ध गराएको भनिएको रकम कहाँ गयो ? उनका अत्यन्त निकट मानिने खानेपानीका हर्ताकर्ता रामजी काफ्ले पनि यस विषयमा मौन छन् ।
उनले दिएको रकम कहाँ खपत भयो ? खानेपानी अध्यक्ष श्रेष्ठ भन्छन्, ‘खानेपानी कार्यालयसँग नगरपालिकाको खानेपानी समस्या साधानका लागि राजन दाहाल प्रदेश सांसद हुनु अगाडिनैं संस्थाको आफ्नै पहलमा संझौता भएको हो, उनीसँग कुनै पनि खानेपानी योजनाको संलग्नता छैन ।’ यो आम सिन्धुलीवासी जनतालाका बीचमा भ्रम छर्ने र जनतालाई झुक्याउने उदेश्यले बोलिएको विषय हो ।
उनले धमलासँगको कार्यक्रममा सिन्धुलीमा आफुले जति विकास कसैले नगरेको भनेर दावी गरिरहँदा उनका तत्कालिन स्वकीय सचिव अहिलेका दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले सामाजिक सञ्जालमा लखेका थिए– माननीय दाहालकै पहलमा दुधौलीका महिलाले सुत्केरी भत्ता पाएका छन् । उनको यो प्रचार शैलीले के देखाउँदछ भने क्षणिक स्वार्थका लागि जे पनि मैंलेनैं गरिदिएको भनेर बोलि हाल्ने र फाइदा बटुली हाल्ने ।
कमलामाई नगरपालिका वडा नं. ११ फिटिङ स्थित पुलछेउका केही घरमा खरको छाना हटाएर उनकै पहलमा जस्तापाता हालिदिएको उनका कार्यकर्ताहरुले बताएछन् । बिचरा ती सोझा सिधा जनताले नपत्याउन पनि कसरी ? जव वडाध्यक्ष र तत्कालिन नगरप्रमुख चुनावी अभियानका क्रममा ती वस्तीको जस्केलामा पुगे तब झुटको पुलिन्दा राम्ररी सजाएको चाल पाए । उनीहरुको घरबाट खरको छाना हटाउने बिबरण लिन एमालेबाट निर्वाचित वडाध्यक्ष आफैँ आएका थिए र त्यसलाई तत्कालिन एमाले नेतृत्वको नगरपालिका र नगरप्रमुख खड्ग खत्रीको सक्रियतामा उनीहरुको घरमा जस्तापाता ठोकिएको थियो र त्यसको अनुगमन पनि उनै खत्रीले गरेका थिए ।
एमालेका शिक्षित, शालिन र बौद्धिक इन्जिनियर उमेदवार मनोजजंग थापा र अर्का विकासप्रेमी उमेदवारको पक्षमा उर्लिएको उभारबाट अत्तालिएका माओवादी उमेदवारहरुले जिल्लामा एमालेको अगुवाईमा भएका विकासहरु पनि हामी आफैंले गरेको भनेर जनताका बीचमा झुट बोलिरहेकाछन् । आफ्ना पार्टीका उपमहासचिव हरिवोल गजुरेलले पटक पटक सिन्धुली जिल्ला पार्टी कार्यालय बनाउने नाममा जम्मा भएको रकमले त्यस्तै तीनवटा घर बन्दथ्यो, त्यसबेला उठेको रकमको छानवीन गर्नुपर्छ भने पार्टी सुप्रिमो समक्ष पत्र बुझाएको विषयमा चुँसम्म नबोलेका उनीहरुले आफ्नै निर्वाचन क्षेत्रमा खनिएको शहिद पार्क बनाउन नसकिएको विषयलाई छोपीरहेका छन् । तर, उनीहरुको शहिदका नाममा बनेको पार्क र अहिलेका त्यस क्षेत्रका प्रदेशसभा सदस्य उमेदवार अध्यक्ष रहेको निर्माण समितिले किन निर्माण कार्य अधुरै राख्यो ?
एमाले नेतृत्वको कमलामाई नगरपालिकाले सिन्धुली गढी बनाउँदा माओवादी नेतृत्वको हरिहरपुरगढी गाउँपालिकाले किन हरिहरपुरगढीको दरवार बनाउन सकेन ? त्यसको जवाफ निर्वाचन प्रचारका क्रममा जनताको दैलोमा पुगेका बेला दिनुपर्नेछ । अरुको आलोचना गरेर वा अरुले गरेको विकासलाई मैंले गरे वा मेरो पहलमा भयो भन्ने झुट कुरा गरेर होइन, सत्य कुरा राख्न सक्नु पर्दछ । एमाले उमेदवार थापाले भनेझैं हामी झुट कुरा गरेर जनतालाई झुक्याउँदैनौं र झुक्किंदैनौं, तपाईँहरु पनि यस पटक नझुक्किनुहोस्, किनकी उम्मेदवारहरुले तपार्इँहरुलाई झुक्याउन अहिले विभिन्न कुरा गरेर घर दैलोमा आइरहेकाछन् । लेखकः बिबेक वाइवा