सांगितिक क्षेत्रमा उदाउँदै गर्नुभएका सिन्धुलीका सौगात जंग थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार टंक बुढाथोकिको युट्यब च्यानलबाट थापाको स्वरमा रहेको ‘जुनी जुनी’ बोलको गित सार्वजनिक गरिएको हो । थापालाई ‘नेपाल आइडल’ बाट चर्चामा आउनुभएकी गायिका अस्मिता अधिकारीकाले साथ दिनुभएको छ । अधिकारीले पछिल्लो समय सुपरहिट गीत दर्जन बढी छन् । ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’ जस्ता हिट गीतकी तीनै गायिका अस्मिता र सिन्धुलीका थापाको गित सार्वजनिक भएको छ ।
झण्डै दर्जन गितमा स्वर भरिसक्नुभएका थापा सिन्धुलीको कमलामाई नगरपालिका २ को स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले ‘कुरै कुरामा’, ‘हाम्रो माया जाल’ लगायत दर्जनौँ गित गाइसक्नुभएको छ ।