शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कम्युनिस्ट एकता बचाउन गरेको पहलको सजाय पाएँ : हरिबोल गजुरेल

आइतवार , आश्विन २३, २०७९

काठमाडौं - अन्तिमसम्म नेपाल कम्युनिस्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताए वापत अध्यक्ष प्रचण्डले आफूलाई यतिवेला बदला लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले आफन्तसँग बताएका छन् ।

अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले तीन महिनादेखि आफूलाई फेसबुकमार्फत आक्रमण गरेको, जिल्लामा पूरै गुटबन्दी गरेको र अन्तिममा अध्यक्षले नै अपमानपूर्ण रुपमा हठात उम्मेदवार हुनबाट बञ्चित गरेको भन्दै हरिबोल गजुरेल गृहजिल्ला सिन्धुलीमा पुगेका छन् । अबको राजनीति कसरी जाने भन्नेमा आफन्त र निकट कार्यकर्ताहरुसँग परामर्श गरिरहेको उनले बताएका छन् ।झिल्को डटकममा खवर छ ।

जिल्ला र फेसबुकमार्फत आफ्ना विरुद्ध अस्वाभाविक आक्रमण भएपछि अध्यक्ष प्रचण्डलाई भेट्न एक हप्तादेखि समय माग्दा पनि नदिएको र आइतवार साँझ टिकटका लागि सोचौंला भनेर पठाएर अन्तिममा फेसबुकमार्फत आफ्नो टिकट खोसिएको जानकारी पाएको उनले बताएका छन् ।

धेरैले उनलाई स्वतन्त्र उम्मेदवारी दिन सल्लाह गरिरहे पनि आफूले अहिलेसम्म केही नसोंचेको तर वाम एकता बचाउन गरेको पहलको अध्यक्ष प्रचण्डले केपी ओलीले भीम रावल, घनश्याम भुसाललाई जस्तै आफूलाई बदला लिएको हरिबोल गजुरेलको बुझाइ रहेको उनी निकट एक कार्यकर्ताले जानकारी दिए ।

प्रतिक्रिया