शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उड्ने बाइकको सफल परीक्षण, (भिडियो)

आइतवार , आश्विन २, २०७९

काठमाडौं - जापानी निर्माताले तयार पारेको उड्ने बाइकको अमेरिकी बजारमा परीक्षण भएको छ । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको हो ।

यो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने बताइएको छ । कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए । जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर भने पहिलोपटक अमेरिकामा प्रस्तुत गरिएको हो ।

यो बाइकको मूल्य सात लाख ७७ हजार डलर (नौ करोड ८१ लाख रूपैयाँ बढी) तोकिएको छ । कम्पनीले सानो भर्सनको बाइक पनि ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया