शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

माओवादीका पोलिटब्यूरो सदस्य अछामी एमालेमा प्रवेश गर्दै

बिहिवार , भाद्र २३, २०७९

काठमाडौँ –नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपी अछामी नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र)का भर्खरै पोलिटब्यूरो सदस्यमा बढुवा भएका मोरङ इन्चार्ज गोपी अछामीले एमालेमा प्रवेश गर्ने तयारी गरेका हुन्।

एमाले स्रोतले दिएको जानकारी अनुसार अछामी नेकपा विभाजनसँगै एमालेमै रहन चाहेका थिए । यद्यपि उनी राष्ट्रियसभा सदस्य रहेको कारण पद गुम्ने डरले माओवादीमै रहेका थिए ।

हाल एमालेको केन्द्रीय सदस्य तथा मोरङको क्षेत्र नम्बर ४ बाट एमालेले सिफारिस गरेको एक्लो उम्मेद्वार विनोद ढकाललाई भोट माग्दै सामाजिक सञ्जाल फेसबुकमा अछामीले पोष्ट गरेपछि उनी एमालेमा प्रवेश गर्न लागेको चर्चा चुलिएको छ ।

फेसबुकमा उनले पछाडिपट्टी सूर्य चुनाव चिन्ह रहेको विनोद ढकालको फोटो पोष्ट गर्दै राम्रो मान्छेले चुनाव जित्नुपर्ने उल्लेख गरेका छन् । माओवादी केन्द्रले केन्द्रमा एमालेलाई हराउन गठबन्धनको कसरत गरिरहेका बेला अछामीले पोष्ट गरेको यो स्टाटसले जिल्लामा तरंग पैदा गरेको छ ।

‘पार्टी फरक भए पनि तपाईको सफलतामा म कहिल्यै बेखुस हुने छैन, हार्दिक बधाई छ कमरेड,’ आइतबार ढकालको तस्बिर पोष्ट गर्दै अछामीले भनेका छन् ।

उनले अर्को पोष्ट गर्दै लेखेका छन्, ‘नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएकोमा मित्र विनोद ढकालज्यूलाई हार्दिक बधाई तथा विजयको लागि शुभकामना।’ त्यति मात्रै होइन उनले आफ्नै पोष्टमा कमेन्ट गर्दै ‘असल मानिसले खराब गर्दैनन्, असल मानिसहरुलाई अगाडि बढाउनु हामी सबैको कर्तव्य हुनजान्छ ।’

प्रतिक्रिया