शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गाउँपालिका अध्यक्ष फरार

मंगलवार , भाद्र २१, २०७९

लागूऔषध मुद्दामा दुई भारतीय नागरिकलाई नियतवश फसाएको मुद्दामा थप अनुसन्धानका लागि अदालतले पक्राउ पुर्जि जारी गरेसँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता सम्पर्कविहीन भएका छन् । जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन भएका हुन् ।

उनी १० दिनदेखि कार्यालय नआएको र खोजी भइरहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख ऋषिराम कँडेलले बताए । गत असार २२ मा जिल्लाको रामग्राम नगरपालिका–१७ पिपरहियाबाट प्रहरीले भारत मोतीहारी घर भएर जिल्लाको भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जितेन्द्र पासवानलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ । गाउँपालिका अध्यक्षले आर्थिक लेनदेन नमिलेपछि नियतवश यिनीहरूलाई फसाएको आरोप छ । गुप्ता अनुपस्थित भएपछि कार्यपालिका सदस्यले वडा नं. १ का अध्यक्ष चुल्हाईप्रसाद यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया