काठमाडौं - स्याङ्जाको हरिनास गाउँपालिका–३, राहालेमा मोटरसाइकल खोल्सामा खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ घर भई तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्दै आएका अन्दाजी ३५ वर्षीय जयप्रकास साहको मृत्यु भएको हो । सोमबार बेलुका करिब साढे ५ बजे ग११प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।