शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

बुधवार , भाद्र १५, २०७९

झापा ,१५ भदौ – झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनभित्र घाँस-दाउरा लिन गएको बेलामा हात्तीले उनलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडतर्फ लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बेलुका साढे ५ बजे मृत्यु भएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया