शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खेतमा काम गरिरहेका ३ महिलाको चट्याङ लागेर मृत्यु

मंगलवार , भाद्र १४, २०७९

वीरगन्ज - रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ। गरुडा नगरपालिका- ३ मलाहीमा मंगलबार बिहान चट्याङ लागेर गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको हो।

प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारको लागि सिटी हस्पिटलमा पुर्‍याइएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो । स्थानीय सरोज सहनीको धान खेतमा काम गरिरहेका बेला बिहान साढे सात बजेतिर चट्याङ लागेको थियो। चट्याङ लागेर सत्य नारायण सहनीकी श्रीमती ४० वर्षकी सहेली देवी घाइते भएकी छन्। घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया