शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सरकारी इन्जिनियरको घरमा छापा, ३.६ करोड बढी बरामद

शनिवार , भाद्र ११, २०७९

एजेन्सी - छिमेकी राष्ट्र भारतको पटनास्थित सरकारी इन्जिनियर सञ्जयकुमार राईको घरमा छापा हान्दा ३.६ करोड भन्दा बढी नगद बरामद गरिएको छ । गहना र कागजपत्र पनि बरामद गरिएको छ । इन्जिनियरको पोस्टिङ किशनगञ्जमा छ । अनुगमन विभागले छापा मार्दा उनीहरुको कालो धन र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति खुलासा भएको हो ।

अनुगमन विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा उक्त छापा मारिएको हो । पटना र अन्य ठाउँमा पनि छापा मार्ने काम भइरहेको छ । जानकारी अनुसार पटनास्थित ग्रामीण निर्माण विभागका इन्जिनियर सञ्जयकुमार राईको ठाउँमा सतर्कता टोलीले छापा मारेको थियो ।

ग्रामीण निर्माण विभागका घुसखोर इन्जिनियरको घरबाट तीन करोडभन्दा बढी नगद बरामद भएको हो । राजधानी पटनालगायत भ्रष्ट इन्जिनियरका ठाउँमा छापा मार्ने क्रम जारी रहेको बताइएको छ । नगद बाहेक गरगहना र जग्गाका कागजपत्र समेत बरामद भएको छ ।

किशनगञ्जको घरमा पनि छापा

पटनाबाहेक किशनगञ्जस्थित इन्जिनियर सञ्जय कुमार राईको घरमा पनि छापा मारिएको छ । अधिकारी किशनगञ्ज च्भ्इद्द कार्यालयमा तैनाथ छन् । अधिकारीको घर किशनगंजको लाइन मोहल्लामा छ । निगरानी विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा यी छापा मारिरहेका छन् ।

बिहारका ४ स्थानमा छापा मारिएको छ जसमा किशनगञ्जका ३ र पटनाको १ स्थान रहेको छ । किशनगञ्जका तीन ठाउँमा छापा मार्दा एक ठाउँमा इन्जिनियरको निजी सचिवको घरबाट समेत २ करोड ५० लाख रुपैयाँ बरामद भएको छ । यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

सोही क्रममा विभागका लेखापाल खुर्रम सुल्तानको घरमा दोस्रो छापा मारेर ११ लाख रुपैयाँ बरामद भएको थियो ।

https://twitter.com/ANI/status/1563443440633135105?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1563443440633135105%7Ctwgr%5E5fec1851fe943a3ae4523f9792d0b3c89dd4ba6c%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.news24nepal.tv%2F2022%2F08%2F27%2F896662

प्रतिक्रिया