बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका शिक्षा शाखालाई चलायमान बनाऊ

सोमवार , श्रावण २३, २०७९

संविधानले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको हुने भनेर एकल अधिकार सूचीमा राखेको छ । सिन्धुलीका स्थानिय तहले बजेट निर्माण गर्दा हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर ठूलो धनराशि छुटाएको छ । तर, स्थानिय तहले शिक्षालाई प्राथमिकतामा राखेपनि जिल्लाका सामुदायिक विद्यालयले सोचे अनुसारको नतिजा ल्याउन सकिरहेको छैन । हरेक जसो परिक्षामा निजि विद्यालयले उत्कउष्ठ नतिजा ल्याएपनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक छैन । शिक्षाको गुणस्तरीयताको सवालमा पनि सामुदायिक विद्यालयको शिक्षा सन्तुष्ट गर्न लायक छैन ।

स्थानिय तहमा रहेको शिक्षा शाखाबाट करोडौँ रकम सामुदायिक विद्यालयको शिक्षा सुदृढिकरणकालागि खर्च हुने गरेको छ । तर, निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन् । विद्यालय व्यवस्थापन समितिमा दक्ष व्यक्ति अटाउन नसक्नु र शिक्षामा बढ्दो राजनितिकरणले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता खस्किदो छ । तसर्थ, स्थानिय तहले शिक्षा शाखाको कामकारबाहिलाई निगरानिमा राख्न जरुरी छ ।

सिन्धुलीका सबै सामुदायिक विद्यालयको नतिजा नराम्रो भन्न मिल्दैन । तर, अधिकांश सामुदायिक विद्यालयको नतिजाले अभिभावक सन्तुष्ट हुन सकेका छैनन् । शिक्षाको नाममा फजुल खर्च बढ्दो छ । शिक्षकको क्षमता अभिवृद्धिकालागि कार्यक्रमहरु संचालन भएपनि उपलब्धिमुलक प्रतिफल आउन सकिरहेको छैन । तसर्थ, स्थानिय सरकारले शिक्षा शाखालाई विशेष प्राथमिकतामा राखेर शिक्षाको गुणस्तरीयतामा जोड दिन आवश्यक छ । त्यसेगरि, सामुदायिक विद्यालयको शिक्षा प्रणालिको अनुगमनमा स्थानिय सरकार चनाखो हुन आवश्यक छ ।

प्रतिक्रिया