शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उद्योग मन्त्रीको सहयोगीको घरमा भेटियो करोडौँ रुपैयाँ

शनिवार , श्रावण ७, २०७९

भारतमा प्रवर्तन निर्देशनालय (ईडी) ले पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी अर्पिता मुखर्जीको घरमा छापा मारेर २० करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ।

शुक्रबार कथित शिक्षक भर्ती घोटालाको आरोपमा यो छापा मारिएका हो। छापा मारेर बरामद भएको रकम एसएससी घोटालासँग सम्बन्धित हुन सक्ने अनुसन्धान एजेन्सीले जनाएको छ ।

बीबीसीका अनुसार अर्पिता मुखर्जीको घरबाट २० भन्दा बढी मोबाइल पनि बरामद भएको छ । एजेन्सीले यी फोनहरू कुन उद्देश्यका लागि प्रयोग गरिन्थ्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ। योसँगै शिक्षा राज्यमन्त्री परेश सी अधिकारी र विधायक माणिक भट्टाचार्यलगायतको घरमा पनि छापा मारेको छ ।

उच्च न्यायालयको निर्देशन पछि सीबीआईले पश्चिम बंगालका सरकारी र सहायता प्राप्त विद्यालयहरूमा समूह-सी र डी कर्मचारीहरू साथै शिक्षकहरूको भर्तीमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गरिरहेको छ। ईडीले यस कथित घोटालामा पैसाको लेनदेन ट्र्याक गरिरहेको छ, जसको बारेमा छापा मारिएको छ।

प्रतिक्रिया