शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली आउनलागेको बस सप्तरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ जना घाइते

बिहिवार , आषाढ ९, २०७९

सिन्धुली – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

विराटनगरबाट सिन्धुलीको दुधौली(डकाह)तर्फ आइरहेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोसी ब्यारेज खण्डमा सडकभन्दा तल पल्टेको थियो ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया