शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा सुमो र बस ठोक्कियो, चालक फरार

सोमवार , जेठ १६, २०७९

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा सोमबार बिहान दुर्घट्ना भएको छ । सुनकोशी गाउँपालिका ६ चैनपुरमा बस र सुमो ठोक्किदा मानविय क्षति नभएपनि सुमो पुर्णरुपमा ध्वस्त भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ आउदैँ गरेको ना १ ज८९५७ नम्बरको सुमो र भोजपुरबाट काठमाडौँतर्फ जादैँ गरेको बा ५ च ५६३४ नम्बरको बस एकआपसमा ठोक्किदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुमोमा सवार ओखलढुंगाका सातजनामध्य तीनजना डिस्चार्ज भइसकेका छन् भने भने चारजनालाई थप उपचारकोलागि धुलिखेल अस्पताल लगिएको छ । रात्रिकालिन बसका एकजना चालक र बस नियन्त्रणमा रहेपनि दुर्घटनाको बखत बस चलाउने चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया