नेतृत्व गर्ने ब्यक्ती खराब भए होला ! राजनिती फोहोर भयो होला ! तर ब्यवस्था खराब भएकोछैन । लोकतान्त्रीक गणतन्त्र मा जनताको सार्वभौम सत्ता जनतामा निहित छ । जनताले निर्वाचन मा मतदान गरि नेतृत्व छान्नेछन् ! गणतन्त्रको बिकल्प कुनै पनि तानासाही वा एकतन्त्रीय शासन हुनै सक्दैन । सहि र याेग्य नेतृत्व चयन गर्न नसक्नु गणतन्त्रको हैन हामी त्यस्को अधिकार प्रयोग गर्ने मतदाताको कमजोरी हाे । याे ब्यवस्था भित्रका कमिकम्जोरी सच्चिन जरुरिछ र सच्चिनै पर्छ यदि जनताले चाहेमा सत्चिने रहेछ भन्ने उदाहरण देशको राजधानी काठमाडौं मा बालेन र धरानमा हर्क राई हुन् !
हजारौं सहिदको रगत र पसिनाले लत्पतिएको गणतन्त्रलाइ भ्रस्टचार, कुशासन, नाताबाद, तानासाही, अराजकता र झोलेपन जस्ता रोग लागेको कुरा पनि सत्य हाे !जुनसुकै पार्टीको भए पनि गणतन्त्र काे नाममा यस्ता किसिमको शासक हरु गणतन्त्र काे विरोधी हुन र यस्ता शासक हरु लाई परास्त गरि पार्टी भित्रबाट थुप्रै बालेन र हर्क साङपाङहरु जन्मिने छन र जन्माउनु पर्छ ! समाजमा विभिन्न भ्रम छर्दै परिवर्तन विरोधी देशी , विदेशी शक्तिहरु सलवलाई रहेका छन् । त्यसैले जनताले राम्रा ब्यक्तिहरुलाइ नेतृत्वमा पुर्याएर गणतन्त्रको रक्षा गर्न जरुरी छ ! १५ औं गणतन्त्र दिवसको अबसरमा सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना !