शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका खड्काले विद्यार्थीलाई पटकपटक ब लात्कार गरेको खुलासा

मंगलवार , जेठ १०, २०७९

सिन्धुली– सौन्दर्य प्रतियोगिताको नाममा आयोजकले बलात्कार गरेको घटना सार्वजनिक भएपछि थप पी डितहरुले पनि पुरानो घ टना उ जागर गर्न थालेका छन् । शनिबार इटहरीकी एक युवतीले आफू १५ वर्षको हुँदा ब्लूमिङ लोटस इङ्लिस स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले पटक–पटक ब ला त्कार गरेको खुलाएकी हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका– ७, गडौली स्थायी घर भएका खड्का २०७२ सालदेखि दुई वर्ष स्कुलमा काम गरेको पि डितले बताएकी छिन् । पी डित युवतीले चाहिँ ब लात्कार आ रोपी खड्का अहिले काठमाडौंको एक विद्यालयमा प्रिन्सिपलकै रुपमा काम गरिरहेको उल्लेख गरेकी छन् । उनले सा माजिक स ञ्जाल इ न्स्टाग्राममार्फत सा र्वजनिक गरेको घटना विवरण अनुसार २०७२–०७३ सालतिर विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा पढिरहेका बेला पहिलो पटक घ टना भएको हो ।

“होस्टलमा बसेका वेला मेरो छा तीमा स मस्या देखियो, त्यसको उ पचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनु भएको थियो” उनले भनेकी छन्, “बुबाले मलाई प्रिन्सिपलसँग सिधै अ स्पताल जान भन्नुभएको थियो, तर उसले अ स्पताल लैजानुको साटो मलाई होटल लग्यो ।” बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको पनि विश्वास जितेको उनको भनाइ छ । तर त्यहि विश्वासको आ डमा अ स्पताल लैजान्छु भनेर उनले होटलमा ‘स्कूलको पोशाक च्या तेर ब लात्कार’ गरेको पी डितको भनाइ छ ।

“उसले मलाई केही खान भन्यो, मैले मानिन । म ड राइरहेको थिएँ, पसिना आइरहेको थियो” उनले भनेकी छन्, “उसले मलाई यता आउ यहाँ ग र्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, म त्यतिवेला १५ वर्षकी थिएँ ।” कोठामा गएपछि उनले ताला ढोका लगाएर ज बरज स्ती क रणी गरेको उनको भनाइ छ । “उसले यसको भि डियो पनि बनाएको थियो र मलाई पटकपटक त्यो भि डियो देखाएर ब्ल्या कमेल गरेको थियो” उनले भनेकी छन्, “एसईई दिउञ्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई ब लात्कार गर्‍यो ।”

पीडितका अनुसार प्रिन्सिपल खड्काले उनलाई विदाको समयमा पनि घर जान दिने गरेका थिएनन् । “घर गयो भने मेरो पढाइ ख स्किन सक्छ, त्यसैले होस्टलमा बस्नु राम्रो हुन्छ भनेर घरमा भन्ने गरेको थियो” उनले भनेकी छन्, “मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण पनि छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलाउनु हो ।” आफूले घटनाबारे साथीहरुलाई बताउँदा पनि कसैले न पत्याएको उनको भनाइ छ । “म बाल्यकालदेखि नै ह क्की स्वभाव र बोल्ने खाल्को थिएँ, त्यसैले सबैले मेरै च रित्रलाई दो ष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन’ उनले गुनासो गरेकी छन्, “मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भनेकी थिएँ, तर उनले पनि मेरो लागि बोलिनन्, मैले स्कुलमा तीन पटक आ त्म ह त्या गर्ने प्रयास पनि गरेँ, तर सफल भइन ।”

एसईई परीक्षा दिएपछि परिवारलाई हि म्मत जुटाएर यो कुरा भनेपछि पनि न्याय नपाएको उनको गुनासो छ । परिवारलाई भनेपछि इलाका प्रहरी कार्यालय, धरानमा खड्का वि रुद्ध ज बरजस्ती क रणीको कसूरमा कि टानी जा हेरी परेको थियो । तर हालसम्म उनी प क्राउ नपरेको पी डितको गु नासो छ ।

धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले घटनाबारे जानकारीमा आएपछि पुरानो फाइल अध्ययन भइरहेको बताउनुभएको छ । “२०७४ सालको घ टना रहेछ, आ रोपी प क्राउ नपरेपछि फ रार प्र तिवादी कायम गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मु द्दा द र्ता भएको रहेछ” उहाँले भन्नुभयो, “अदालतको स्थिति के छ भन्ने खुलिसकेको छैन, आज सरकारी विदा भएकाले बुझ्न पाएनौं, फैसला भइसक्यो कि के भएको छ भन्ने बुझेर भोलि के गर्ने टुंगो लाग्छ ।” विद्यालयका सञ्चालक ईश्वर भट्टराईले चाहिँ प्रिन्सिपल खड्काले २०७४ सालमै विद्यालयबाट रा जीनामा दिएको बताउनुभएको छ । “इनरुवाको एउटा विद्यालयमा पढाउँदै गर्दा हाम्रो विद्यालयमा आउनु भएको थियो, घरायसी कारण भन्दै रा जीनामा दिनुभएपछि अर्को प्रिन्सिपल नियुक्त गरेका थियौं” भट्टराईले भन्नुभयो ।

“अन्तिममा मैले न्या य पाउने आशा गु माएको थिएँ, प्र हरीलाई फ लोअप गर्न पनि छाडेको थिएँ” उनले भनेकी छन्, “जब सा माजिक स ञ्जालमा न्या यका लागि ह ल्ला गरेको सुन्छु, मलाई त्यो घ टनाले बारम्बार आ घात गर्छ र म एककमजोर केटी मेरो विगत सम्झेर रातभर रु न्छु ।” उनले न्या य पाउने आशा लिएर सात वर्षसम्म आफूसँग मात्रै रहेको घ टना सा र्वजनिक गरेको भनेकी छन् ।

प्रतिक्रिया