शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजय नजिक

शनिवार , जेठ ७, २०७९

धरान धरान उपमहानगरपालिकाको मतगणनामा सत्ता साझेदार गठबन्दनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी नजिक पुगेका छन्। २० वडा रहेको धरानमा १७ वडाको मत गणना सम्पन्न भएको छ। अहिले धरान १५ र १६ र १७ को मत गणना भैरहेको छ। मतगणना भइरहेको स्थानमा समेत मेयरमा साम्पाङ र उपमेयरमा गठबन्धनको तर्फबाट उपमेयरका प्रत्यासि अइन्द्रविक्रम बेघाले अग्रता कायम गरेका छन्।

मेयरका प्रत्यासी स्वतन्त्रका हर्कले १३५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। उनलाई कांग्रेसका किशोर राईले ११६०६ मत प्राप्त गरि पछ्याई रहेका छन्। एमालेकी मन्जु भण्डारीले ९४५१मत प्राप्त गरेकी छन्।

एमालेको पकड रहेको क्षेत्रमा हर्कले कांग्रैस र एमालेका दुबै उम्मेदवारको भन्दा बढी मत प्राप्त गर्न थालेपछीिहर्कको विजय सुनिश्चित जस्तै बनेको छ। धरान १५ र १६ धेरै मतदाता भएको वडा हो। १५ मा वडाअध्यक्षमा एमालेका नरेश इवारम र १६ मा कांग्रेसका मुरारी भट्टराईको प्यानल नै अग्रता लिएको छ। मेयरमा भने हर्कले नै बढी मत ल्याएर मतान्तर बढाइरहेका छन्।

उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १३५७३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। एमालेका पदम इस्वोले १२७६१ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्।

प्रतिक्रिया