शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका ९ वडाध्यक्ष उम्मेदवार जो थोरै मतान्तरले पराजित भए

बुधवार , जेठ ४, २०७९

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ को वडा अध्यक्षमा नेकपा माओवादीका रोशन श्रेष्ठ एक मतको अन्तरले पराजित हुनुभएको छ । वडा अध्यक्षका उम्मेदवार श्रेष्ठले ६०८ मत प्राप्त गर्नुभएको थियो । उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रबिन कुमार श्रेष्ठ ६०९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । यस्तै वडा अध्यक्षको प्रतिस्पर्धी नेकपा एमालेका विष्णु लाल श्रेष्ठले ४६४ मत प्राप्त गर्नुभएको थियो । गोलन्जोर गाउँपालिका ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नबराज श्रेष्ठले थोरै मतान्तरले पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले ६३० मत प्राप्त गर्नुभएको थियो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका रेगन राज थापाले ६५५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।

यस्तै, दुधौली नगरपालिका ६ को वडा अध्यक्षमा ९ मतको अन्तरले नेपाल कम्युनिष्ट पाटि माओवादीका नबराज कार्कि पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पधी कार्किले ६६८ मत प्राप्त गर्नुभएको थियो । उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमान सिं आले मगरले ७३३ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । यस्तै वडा अध्यक्षका उमेदवार नेकपा एमालेका रामदेव कुमरले ६६८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि, दुधौली नगरपालिका ७ मा कम मत अन्तरले नेकपा एमालेका टेक बहादुर कार्कि पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी कार्कि ३५ मतको अन्तरले पराजित हुनुभएको हो । कार्किले ९५२ मत प्राप्त गर्नुभएको थियो । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका राजन दाहाल ९८७ मत प्राप्त गरि विजयी हुनुभएको छ । यस्तै वडा अध्यक्षका उम्मेदवार नेपाल कम्युनिष्ट पाटि माओवादीका विष्णु प्रसाद दाहाल १७२ मत प्राप्त गर्नुभएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका चित्र बहादुर बुढाथोकिले थोरै मतान्तरले पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी बुढाथोकि ९४ मतान्तरले पराजित हुनुभएको हो । उहाँले ७१९ मत प्राप्त गर्नुभएको थियो । बढाथोकिको प्रतिस्पधी माओवादी केन्द्रका इन्द्र वाइबा ८१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।

मरिण गाउँपालिका ४ मा नेकपा माओवादीका धन बहादुर स्याङतान ३० मतान्तरले पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी स्याङतानले ५५४ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका जीत बहादुर काल्तानले ५८४ मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै मरिण गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा थोरै मतान्तरले नेपाली काँग्रेसका लाल बहादुर बम्जन पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी बम्नज ५५ मतान्तरले पराजित हुनुभएको हो । उहाँले ४२८ मत प्राप्त गर्नुभएको थियो । बम्जनको प्रतिस्पर्धी नेकपा माओवादीका दिपक माझिले ४८३ मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

हरिहरपुरगढी गाउँपालिका २ को वडा अध्यक्षमा नेकपा माओवादीका चन्द्र बहादुर राइ ६६ मतान्तरले पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पधी राईले ६१७ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व राइले ६८३ मत प्राप्त गरि विजयी हुनुभएको छ । हरिहरपुरगढी गाउँपालिका ५ को वडा अध्यक्षमा थोरै मतान्तरले नेकपा एमालेका दिपक कुमार माझि पराजित हुनुभएको छ । माझि १५ मतान्तरले पराजित हुनुभएको हो । उहाँले ५८१ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेकपा माओवादीका साइला लामाले ५९६ मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । हरिहरपुरगढी गाउँपालिका ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका बामन सिं थिङ ४१ मतान्तरले पराजित हुनुभएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी उहाँले ५३१ मत प्राप्त गर्नुभएको थियो उहाँको प्रतिस्पधी नेकपा माओवादीका बिच बहादुर मोक्ताङले ५७२ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया