सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रबिन कुमार श्रेष्ठ एक मतको अन्तरले विजयी हुनुभएको छ । वडा अध्यक्षमा श्रेष्ठ नेकपा माओवादीका रोशन श्रेष्ठलाई एक मतले पछि पार्दै विजयी हुनुभएको हो । निर्वाचित श्रेष्ठले ६ सय ९ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी रोशन श्रेष्ठले ६ सय ८ मत प्राप्त गर्नुभएको थियो । यस्तै वडा अध्यक्षको प्रतिस्पर्धी नेकपा एमालेका विष्णु लाल श्रेष्ठले ४६४ मत प्राप्त गर्नुभएको थियो ।
भद्रा माझी बनिन् एकमात्र महिला वडाध्यक्ष
सिन्धुलीकी एकमात्र महिला वडा अध्यक्षकी उमेदवार भद्रा माझी विजयी हुनुभएको छ । दुधौली नगरपालिका–३ मा नेपाली कांग्रेसबाट माझी वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । माझी जिल्लाकी एकमात्र वडाध्यक्ष पदकी महिला उम्मेदवार हुनुहुन्छ । माझीले ८०६ मत प्राप्त गरि विजयी भएकी हुनुभएको हो । उहाँले नेकपा एमालेका किसनलाल कुमरलाई २४९ मत अन्तरले पछि पार्दै विजयी भएकी हुनुभएको हो । कुमरले ५५७ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका उम्मेदवारले ३४३ मत प्राप्त गरि तेस्रो भए । जिल्लामा ७९ वडा छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा माझीको विजयी सँगै ०४९, ०५४ देखि ०७४ सम्मको एमाले किल्ला भत्किएको छ । अघिल्ला तीन निर्वाचनमा वडा नं ३ मा एमालेले जित्दै आएको थियो । कांग्रेसले महिलामा माझीलाई मात्र वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।