शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको चार पालिकाको मतगणना सम्पन्न, कुनकुन पालिकामा कस्ले जिते ?

मंगलवार , जेठ ३, २०७९

सिन्धुलीको तिन पालिकाको मतगणना सकिएको छ । जिल्लाको तिनपाटन, गोलन्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको मतगणना सकिएको हो । तिनवटै पालिकामा गठबन्धन दल विजयी भएका छन् । घ्याङलेख गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका जगत बहादुर भोलन २ हजार १ सय ३ मत पाएर विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चतुरमान लोले १ हजार ३ सय ८३, स्वतन्त्र तर्फका अध्यक्ष पदका उमेदवार गणेश पुलामीले १ हजार १ सय ९४, जसपाका असोक घलानले १ सय १ र राप्रपाका रोजन कुमार बम्जनले २३ मत प्राप्त गर्नुभएको थियो । यस्तै, गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका प्रमिला वाईबाले १ हजार ५ सय २८, र जसपाका कुमारी वाईबाले ८७ मत प्राप्त गर्नुभएको थियो । पाँच वटा वडा रहेको घ्याङलेख गाँउपालिकामा ४ वटा वडामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । हरिहरपुरगढी गाउँपालिका गठबन्धनबाट माओवादी केन्द्रका बज्रध्वज वाइबा अध्यक्षमा निर्वाचित हुनुभएको छ । १ हजार ११३ मतको फराकिलो अन्तरमा विजयी वाइबाले ४ हजार ७२९ मत पाउनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी निर्मला ठाडामगरले आधा २ हजार ८५५मत पाउनुभएको थियो ।

८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकामा वडा नं १ मा एमाले वडा नं २ मा कांग्रेसले वडाध्यक्षसहित प्यानल जित हात पारेको छ भने बाँकी ३ देखि ८ सम्मका ६ वटा वडाहरुमा माओवादी केन्द्रले अध्यक्ष सहितको प्यानलै विजयी हासिल गरेको छ । ०७४ को निर्वाचमा माओवादी अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा विजयी भएको थियो । त्यतिखेर एमालेले २ वडा र कांग्रेसले एक वडामा जित हात पारेका थिए ।

तीनपाटन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर थापामगर पुनः निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित थापामगरले ९ हजार २३९ मत पाउनु भएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत प्राप्त गर्नुभएको थियो । ०७४ मा उनै दाहालसँग १९ मतअन्तरले विजयी हुनुभएको थापामगरले यो पटक फराकिलो अन्तर बनाउनुभएको हो । उक्त समय थापाले ५ हजरा ७०१ मत प्राप्त गर्नुभएको थियो भने दाहालले ५ हजार ६८२ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी ८ हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । तामाङ ०७४ मा उपाध्यक्षमै विजयी हुनुभएको थियो । उपाध्यक्षमा विजयी पुलामी ०७४ मा माओवादीबाट अध्यक्षमा प्रतिस्पर्धा गरेर तेस्रो भएका थिए । तीनपाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडामा कांग्रेस वडाध्यक्षसहित प्यानलै विजयी भएको छ भने वडा नं १ र ५ मा एमाले विजयी भएको छ ।

गोलन्जोर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शंकर बराल बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्वाला न्यौपाने विजयी हुनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया