शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीबाट काठमाडौँ जादैँ गरेको बोलेरो र मिनीबस ठोक्किँदा ५ जनाको मृत्यु

बुधवार , बैशाख २१, २०७९

विपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा बोलेरो र मिनीबस ठोक्किदा पाँचजनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

भारतीय पर्यटक बोकको यूपी५८ टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए । मृतक अन्दाजी ६÷७ वर्षको बालकसहित अन्य मृतकको पहिचान खुलिनसकेको खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया