शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा मतदाननै नभई माओवादीले एक सिट जित्यो

मंगलवार , बैशाख १३, २०७९

सिन्धुलीको मरिण गाउँपालिकामा एक वडा सदस्य निर्बिरोध निर्वाचित हुनुभएको छ । १ नम्बर वडामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चेली माया कामी निर्बिरोध निर्वाचित हुनुभएको हो । आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावकालागि १ नम्बर वडामा दलित सदस्यतर्फ कामिको मात्र उम्मेदवारी दर्ता भएको मरिण गाउँपालिकाको निर्वाचन अधिकृत दुर्गा वञ्जाडेले जानकारी दिनुभयो । वडामा एक अध्यक्ष र पाँच वडा सदस्य रहने व्यवस्था छ । सदस्यतर्फ एक÷एकजना दलित र महिला सदस्य र दुई जना खुल्लातर्फको सदस्य रहनेछन् ।

मरिणका कान्छी उम्मेदवारमा २४ वर्षिया संगीता माझीले नेपाली कांग्रेसबाट ५ नम्बरको वडा सदस्यकालागि उम्मेदवारी दर्ता गराउनुभएको छ । मरिण गाउँपालिकामा १२७ जनाको उम्मेदवारी परेको जनअन्तर्गत अध्यक्षतर्फ ७ जना, उपाध्यक्षमा ६ जना, वडाध्यक्षमा २५ जना, खुल्ला सदस्यमा ४६, महिला सदस्यमा २३ र दलिततर्फ २० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत वञ्जाडेले बताउनुभयो ।

अध्यक्षतर्फ जनता समाजवादी पार्टी, नेपालबाट आत्मा राम तामा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट गोविन्द लाल माझि, मंगोल नेशनल अर्गनाइजेसनबाट छलि माया पाख्रिन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद कार्की, राष्ट्रिय जनमोर्चाबाट मान बहादुर लो , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विमर्स मुक्तान र स्वतन्त्रबाट २६ वर्षिया शेर बहादुर सारुले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरि, उपाध्यक्षमा जनसमाजवादी पार्टी नेपालबाट छली माया राना मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट धनजरी माया बल, स्वतन्त्रबाट मञ्जु माझी र राजन थापा, नेपाली कांग्रेसबाट विमला माझी र नेकपा एमालेबाट संगिता माझीले उम्मेदवारी दिएका छन् ।

७ वटा वडा रहेको मरिणमा २५ जनाले वडाध्यक्षकालागि उम्मेदवारी दर्ता गराएका छन् ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया