शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

थुनामा पलको यस्तो छ दैनिकी

आइतवार , चैत्र १३, २०७८

काठमाडौ – एक किशोरीलाई करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा हरेका अभिनेता पल शाहको जेल भित्रको जिवन कस्तो होला भन्ने कौतुहलता उनका फ्यानलाई पक्कै छ ।

उनी माथि लागेको आरोप र अदालतको फैसलाले पलका फ्यान भने निरास भएका छन् । पलको मुद्दा किनारा नलाग्दा सम्म उनी जेलमै हुनेछन् । अदालतले पललाई जेलमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो ।उनलाई अदालतले जेल चलान गरेको तीन दिन भएको छ ।

उनी अहिले तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन् । नयाँ भवनमा उनीसंगै २० जना छन् । अन्य भवनमा ३० जना राखिएको छ । पलको धेरै समय आफन्त भेटघाट गर्दैमा बित्ने गरेको छ । तर बाँकी रहेको समयमा उनी क्यारेमवोर्ड खेल्छन् कारागार भित्रको लाइब्रेरीमा समय बिताउँछन् ।

उनी कारागारमा अन्य कैदीहरुसंग निकै घुलमिल भएका छन् । पल शाहलाई . ‘बी’ ब्लकमा राखिएको हो । दुईतले भवनको माथिल्लो तलामा सुत्ने र बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी । अन्य कैदीहरुले पलको निकै प्रशंसा गरेको कारागार ब्यवस्थापनका कर्मचारीहरुले बताएका छन् ।

उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ । बिहीबार जिल्ला अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही मुद्दामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशी भने अदालतले माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाएर त्यसै दिन रिहा भएका छन् ।

पलविरुद्ध जिल्ला अदालत नवलपुर परासी पूर्वमा पनि करणी कै मुद्दा दर्ता भइसकेको छ । त्यहाँ थु’नछेक बहस हुन बाँकी छ । त्यसका लागि उनलाई केही दिनमा नवलपुर लगिनेछ । जिल्ला अदालत नवलपुरले थुनछेक बहसका लागि पल शाहलाई पठाइदिन पत्र पठाइसकेको छ । तर तनहुँ जिल्ला अदालतले अहिलेसम्म कारागारलाई केही भनेको छैन ।

अदालतबाट आदेश आएपछि उनलाई नवलपुर पठाइदिने जेलर नारायण अधिकारीले बताए । तर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको विरुद्ध पल शाहले उच्च अदालतमा अपिल गर्ने भएका छन् । उनका कानुन व्यवसायीले केही दिनमै उच्च अदालत (पोखरा) मा पुनरावेदन दिने बताएका छन् । पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया