शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राजेश हमालको ‘हजुर मुसुक्कै’ ट्रेन्डिङमा ,हेर्नुस भिडियो

सोमवार , फाल्गुण २, २०७८

काठमाडौं – अभिनेता राजेश हमाल फिचर्ड गीत ‘हजुर मुसुक्कै’ले स्रोता–दर्शकको अत्यधिक माया पाइरहेको छ । आइतबार मात्रै रिलिज गरिएको गीतको भिडियो रिलिजको २० घण्टाभित्रै ट्रेन्डिङमा परेको छ ।

राजेश हमाल, निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड गीतले २४ घण्टा नपुग्दै ट्रेन्डिङ ५ मा स्थान बनाएको हो । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको आवाज छ । गीतको भिडियोमा अभिनेता हमाल दरबारको राजाका रूपमा फिचर्ड छन् ।

प्रतिक्रिया