काठमाडौं,०८ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०८ गते शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६६ पैसा र विक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र विक्रीदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र विक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रीदर १३० रुपैयाँ ८० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३९ पैसा र विक्रीदर ८५ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र विक्रीदर ९५ रुपैयाँ ३१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रीदर ८८ रुपैयाँ ७२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र विक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ ।उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३७ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र विक्रीदर १३ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०९ पैसा र विक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २५ पैसा र विक्रीदर १५ रुपैयाँ ३३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ ८१ पैसा र विक्रीदर ३९४ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ०७ पैसा र विक्रीदर ३१६ रुपैयाँ ६६ पैसा रहेको छ ।
