काठमाडौं,०३ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०४ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र विक्रीदर ११९ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रीदर १३६ रुपैयाँ ०३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र विक्रीदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ७४ पैसा र विक्रीदर १३० रुपैयाँ ४० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५१ पैसा र विक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र विक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र विक्रीदर ८८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र विक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५८ पैसा र विक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र विक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९५ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १३ पैसा र विक्रीदर १३ रुपैयाँ २० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २१ पैसा र विक्रीदर १५ रुपैयाँ २९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ २९ पैसा र विक्रीदर ३९४ रुपैयाँ २७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ २८ पैसा र विक्रीदर ३१५ रुपैयाँ ८८ पैसा रहेको छ ।
