काठमाडौं,१९ पुस – नेपाल राष्ट्र बैंकले आज पुस १९ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र विक्रीदर ११९ रुपैयाँ २४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र विक्रीदर १६१ रुपैयाँ ३४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०३ पैसा र विक्रीदर १३० रुपैयाँ ६९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १४ पैसा र विक्रीदर ८६ रुपैयाँ ५८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ८९ पैसा र विक्रीदर ९४ रुपैयाँ ३७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९३ पैसा र विक्रीदर ८८ रुपैयाँ ३८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र विक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५७ पैसा र विक्रीदर ३ रुपैयाँ ५९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४८ पैसा र विक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र विक्रीदर १३ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २२ पैसा र विक्रीदर १५ रुपैयाँ ३० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ १७ पैसा र विक्रीदर ३९४ रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ७० पैसा र विक्रीदर ३१६ रुपैयाँ २९ पैसा रहेको छ ।