शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज पुस १६ गते शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , पौष १६, २०७८

काठमाडौं,१६ पुस – नेपाल राष्ट्र बैंकले आज पुस १६ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७६ पैसा र विक्रीदर ११९ रुपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र विक्रीदर १६० रुपैयाँ ६८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ४१ पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १९ पैसा र विक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९२ रुपैयाँ ७३ पैसा र विक्रीदर ९३ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४४ पैसा र विक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र विक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०५ पैसा र विक्रीदर १८ रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २३ पैसा र विक्रीदर १५ रुपैयाँ ३१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९२ रुपैयाँ ४० पैसा र विक्रीदर ३९४ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ९९ पैसा र विक्रीदर ३१६ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया