काठमाडौं,९ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ०८ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ ०८ पैसा र विक्रीदर १२० रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९४ पैसा र विक्रीदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र विक्रीदर १६१ रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र विक्रीदर १३१ रुपैयाँ १० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र विक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र विक्रीदर ९४ रुपैयाँ १५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ३२ पैसा र विक्रीदर ८८ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र विक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र विक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५९ पैसा र विक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १२ पैसा र विक्रीदर १० रुपैयाँ १७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र विक्रीदर १३ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४० पैसा र विक्रीदर १५ रुपैयाँ ४७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ ८७ पैसा र विक्रीदर ३९८ रुपैयाँ ८५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१८ रुपैयाँ ५१ पैसा र विक्रीदर ३२० रुपैयाँ १० पैसा रहेको छ ।
