शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जनकपुरमा काँग्रेस कार्यकर्ताबीच मुक्का हानाहान

बुधवार , पौष ७, २०७८

जनकपुरधाम, –नेपाली काँग्रेसको प्रदेश–२ को अधिवेशनका क्रममा बुधबार कार्यकर्ताहरूबीच मुक्का हानहान भएको छ । बुधबार साँझ मतदानस्थल गोपाल धर्मशालामा नारा लगाइरहेका दुई पक्षका कार्यकर्ताबीच मुक्का हानाहान भएको हो ।

प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह एकातिर छ भने र चौधौं महाधिवेशनबाट सभापति पराजित शेखर कोइराला र विमलेन्द्र निधिको अर्को समूह बनेको छ । देउवा पक्षले बुधवारनै चुनाव गराउन चाहेको छ भने कोइराला–निधि पक्षले राति चुनाव गर्न नहुने माग गरिरहेको छ ।

एक पक्षले निर्वाचन रोक्ने र एक पक्षले गराउन नाराबाजी गरेपछि विवाद भएको काँग्रेसका धनुषा सभापति महेशशंकर गिरीले जानकारी दिए ।

दिउँसो चार बजेदेखि मतदान हुने भनिए पनि प्राविधिक कारण भन्दै अहिलेसम्म मतदान सुरू भएको छैन। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने कार्यतालिका थियो ।

राति चुनाव हुँदा प्रहरी प्रशासनको दुरूपयोग हुन सक्ने भन्दै कोइराला–निधि पक्षले बिहीबार बिहानमात्रै मतदान सुरू गर्नुपर्ने माग गरिरहेको छ ।

कोइराला–निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया