काठमाडौं,०२ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ०२ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र विक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ३९ पैसा र विक्रीदर १३८ रुपैयाँ ०७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र विक्रीदर १६२ रुपैयाँ २२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ९५ पैसा र विक्रीदर ९५ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ०० पैसा र विक्रीदर ८९ रुपैयाँ ४४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र विक्रीदर १९ रुपैयाँ १६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र विक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८७ पैसा र विक्रीदर २९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ २६ पैसा र विक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ४१ पैसा र विक्रीदर १३ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४८ पैसा र विक्रीदर १८ रुपैयाँ ५७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०० रुपैयाँ ३७ पैसा र विक्रीदर ४०२ रुपैयाँ ३५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ११ पैसा र विक्रीदर ३२३ रुपैयाँ ७० पैसा रहेको छ ।
