शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा टाटा सुमोको ठक्करले मोटसाइकल चालकको मृत्यु

मंगलवार , मंसिर २८, २०७८

सिन्धुली– सिन्धुलीमा मोटसाइकललाई टाटा सुमोले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेको समयमा विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका १ दुम्जामा रामेछापबाट काठमाडौँ जादै गरेको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालकको मुत्यृ भएको हो ।

काठमाडौँ तर्फ जादै गरेको बागमती ०२०३०प ८६५६ नम्बरको मोटसाइकललाई काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको ना १ ज ६२६४ नम्बरको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालक रामेछाप मन्थलि नगरपालिका १३ फुलासीका ३५ वर्षिय रोशन बर्देवाको मृत्यु भएको हो । मोटसाइकल चालक बर्देवाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बर्देवाको टाउँकोमा चोट लागेको थियो । यस्तै मोटसाइकल पछाडि सवार सोहि स्थानकी ३० वर्षिय मन्जु मगरको धुलीखेल अस्पतामा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था भने मध्य छ । टाटा सुमो सहित चालकलाई नियन्त्रणमा लिएको डिएसपि लामाले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया