काठमाडौं,२१ मंसिर – नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२० रुपैयाँ ३८ पैसा र विक्रीदर १२० रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र विक्रीदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ६१ पैसा र विक्रीदर १६० रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ६० पैसा र विक्रीदर ८५ रुपैयाँ ०२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ०५ पैसा र विक्रीदर ९४ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९२ पैसा र विक्रीदर ८८ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०९ पैसा र विक्रीदर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ०६ पैसा र विक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र विक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४५ पैसा र विक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ २० पैसा र विक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २३ पैसा र विक्रीदर १३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४३ पैसा र विक्रीदर १५ रुपैयाँ ५१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ७९ पैसा र विक्रीदर ३९९ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ३१ पैसा र विक्रीदर ३२० रुपैयाँ ९० पैसा रहेको छ ।
