काठमाडौं,१८ मंसिर – नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र विक्रीदर १२० रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र विक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र विक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ३३ पैसा र विक्रीदर १३० रुपैयाँ ९८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६१ पैसा र विक्रीदर ८५ रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४२ पैसा र विक्रीदर ९३ रुपैयाँ ८९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ५२ पैसा र विक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र विक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र विक्रीदर ३३ रुपैयाँ ८८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र विक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३५ पैसा र विक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १७ पैसा र विक्रीदर १३ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३९ पैसा र विक्रीदर १५ रुपैयाँ ४७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३९८ रुपैयाँ ३४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१८ रुपैयाँ १९ पैसा र विक्रीदर ३१९ रुपैयाँ ७८ पैसा रहेको छ ।
